Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्डको नेतृत्वमा समाजवादी यात्रा सुरु भइसक्यो : मन्त्री किराती

प्रचण्डको नेतृत्वमा समाजवादी यात्रा सुरु भइसक्यो : मन्त्री किराती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०८० सोमवार • १३:३६:५३ बजे
  • 784
    SHARES
  • प्रचण्डको नेतृत्वमा समाजवादी यात्रा सुरु भइसक्यो : मन्त्री किराती

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा समाजवादी यात्रा सुरु भइसकेको दाबी गरेका छन् ।

    images

    सोमबार बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपालमा समाजवादी यात्रा सुरु भएको दाबी गरेका हुन् ।

    उनले नेपाली समाजको समाजवाद कस्तो हुने ? भन्ने कुराको थप अध्ययन गर्न पनि आवश्यक रहेको बताए । नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैंले गर्नुपर्नेमा उनले जोड दिए ।

    ‘नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान हामीले गर्नैपर्छ । नेपाली समाजलाई समाजवादमा पुर्याउने काम हामीले गर्नैपर्छ । यो हाम्रो कार्यभार हो’, उनले भने, ‘त्यसको थालनी सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा भइसकेको छ ।’

    भ्रष्टाचार अन्त्यको अभियानले नै समाजको बाटो तय गरेको उनको भनाई थियो ।

  • सम्बन्धित विषय:

  • # मन्त्री किराती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology