Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चिनियाँ दूतावास अगाडि प्रदर्शन

नेविसंघका ६ जना कार्यकर्तालाई चिनियाँ दूतावास अगाडिबाट पक्राउ

नेविसंघका ६ जना कार्यकर्तालाई चिनियाँ दूतावास अगाडिबाट पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १२, २०७७ सोमवार • १३:०५:४० बजे
  • 1.9K
    SHARES
  • नेविसंघका ६ जना कार्यकर्तालाई चिनियाँ दूतावास अगाडिबाट  पक्राउ
    पोखरा - नेविसंघका ६ जना कार्यकर्तालाई चिनियाँ दूतावास अगाडिबाट प्रहरीले पक्राउ गरेको छ । चीनले हुम्लाको नाम्खा गाउँपालिकाको ललुङजोङ क्षेत्र मिचेर भवन बनाएको आरोप लगाउँदै नेविसंघले सोमबार प्रदर्शन गरेको हो । 

    पक्राउ पर्नेमा नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, बिन्दा बोगटी, अर्वत खड्का र दीपेन्द्र खड्का छन् । 

    प्रदर्शनमा संलग्न नेपाली विद्यार्थिसंघका कार्यकर्तालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले पुष्टी गरेका छन । 


    ‘चिनौं सिमाना, जोगाऔं माटो’ अभियान अन्तर्गत नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघले प्रदर्शन गरेको थियो । 

    नेविसंघले सिमाना मिचेको दावी गरेपनि सरकारले चिनको तर्फबाट सिमाना नमिचेको स्पष्ट गरिसकेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology