Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनिता बरालका कारण एमालेमा हंगामा

सुनिता बरालका कारण एमालेमा हंगामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०८० मंगलवार • ०९:३८:१८ बजे
  • 1.0K
    SHARES
  • सुनिता बरालका कारण एमालेमा हंगामा

    नेपाल(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनौठो व्यवहार देखाउन थालेका छन् । आफ्ना आलोचकलाई पार्टीमा टिक्नै नदिने नीति लिएका उनले पार्टीका पुराना नेताहरुलाई पनि बेवास्था गर्न थालेका छन् ।

    images

    पार्टीमा आफुलाई ‘बा’ भनेर चाकडीमा रमाउने समूहलाई लिएर उनी अघि बढेका छन् । यसले एमालेभित्र अर्काे विद्रोह जन्माउने सम्भावना देखिएको छ । अध्यक्ष ओली उच्चस्तरको छलफलमा नेतृ सुनिता बराललाई लिएर जान थालेको विषय पछिल्लो समय एमालेमा चर्चामा छ । संसद अवरुद्धको विषयलाई लिएर उनी आइतबार र सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न गएका थिए ।

    दुवै बैठकमा उनीसँग एमाले सांसद सुनिता बराल सहभागी थिइन् । पार्टीका वरिष्ठ तथा तथा प्रमुख सचेतक÷सचेतकलाई बेवास्था गरेर सुनितालाई लिएर गएको विषयले एमालेभित्र हंगामा मच्चिएको छ । सांसद बरालले ओलीको आशीर्वादका कारण पटक–पटक अवसर पाउँदै आएकी छिन् । चाकडीकै आधारमा उनी अनेरास्ववियुको अध्यक्षमा मनोनित भइन् । अध्यक्ष हुँदाुहँदै समानुपातिकतर्फबाट सांसद बनिन् ।

    जबकि पार्टीमा दशकौंदेखि योगदान गरेका महिला नेतृहरुलाई पार्टीले अपमान गरेको थियो । अहिले वरिष्ठ नेतालाई पाखा लगाएर उनै सुनितालाई लिएर अध्यक्ष ओली शीर्ष बैठकमा जान थालेपछि एमालेका नेताहरू अचम्ममा पर्न थालेका छन् । पार्टीका पछिल्लो धेरै विषयमा ओलीले आफ्ना भक्तहरुलाई मात्र प्राथमिकता दिन थालेको एमाले नेताहरू बताउँछन् । केही महिनाअघिको कार्यविभाजनमा पनि उनले शीर्ष नेताहरूसँग समेत छलफल गरेका थिएनन् ।

    त्यो विषयमा पनि पार्टीका पदाधिकारी नै रुष्ट छन् । इसाई धर्मको धन्दामा लागेका एकनाथ ढकाललाई समानुपातिक सांसद बनाउँदा पनि कोही नेता बोल्न सकेका थिएनन् । ओलीका एकपछि अर्काे विवादास्पद निर्णयले एमालेमा धेरै नेता उनीसँग चिढिदै गएका छन् । तर, आफ्नो निर्णयको आलोचना गर्नेलाई पार्टीमा टिक्नै नदिने भएकाले पार्टीभित्र उनको मनोमानीबारे कसैले बोल्ने हिम्मत गरेको छैन ।

    केही नेताको स्वार्थमा ७० वर्षे उमेहरदको प्रावधान हटाउँदा समेत एमालेका कोही युवा नेताले त्यसविरुद्ध आवाज उठाउने आँट गरेनन् । ‘ओलीको यही कार्यशैलीका कारण हिजो पार्टी विभाजन भएको थियो,’ एक नेता भन्छन्,‘यस्तै पारा चलिरहेने हो भने अर्काे चुनावसम्म फेरि विद्रोह नहोला भन्न सकिन्न ।’

  • सम्बन्धित विषय:

  • # एमालेमा हंगामा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology