Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भ्रष्टाचारको छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

भ्रष्टाचारको छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०८० मंगलवार • १६:५०:३९ बजे
  • 595
    SHARES
  • भ्रष्टाचारको छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

    पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्ने छानबिन गरिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने स्पष्ट पारे ।

    images

    ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताउँदै उनले आफूलगायत पूर्वप्रधानमन्त्री धेरैको नाम जोडिएकाले सत्यतथ्य छानबिन गरी बाहिर ल्याउनुपर्ने बताए ।

    आफू प्रधानमन्त्री हुँदा सरकारी तथा अन्य जग्गा कानुनसम्मत् छुट्टाएर अगाडि बढाउनु भन्ने निर्णय भएको उनको भनाइ थियो । सरकारी जग्गा हिनामिना प्रकरणमा जसले कसुर गरेको छ, उसले दण्ड पाउनुपर्ने उनले बताए ।

    भ्रष्टाचारमा जोडिएका दोषी कोही पनि उम्कनु नहुने भन्दै उनले जग्गा अनियमितता र भ्रष्टाचारका विषयमा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकार पाँच वर्षसम्म बलियो भएर अघि बढ्ने समेत दाबी गरे । उनले वर्तमान सरकारलाई टिकाइराख्नका लागि गठबन्धन दलभित्र छलफल चलिरहेको समेत बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology