Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सीता दाहालको आजै २ बजे पशुपतिमा अन्त्येष्टि गरिने

सीता दाहालको आजै २ बजे पशुपतिमा अन्त्येष्टि गरिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०८० बुधवार • ०९:५७:३१ बजे
  • 478
    SHARES
  • सीता दाहालको आजै २ बजे पशुपतिमा अन्त्येष्टि गरिने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ ।

    images

    उनको आज बुधबार बिहान नर्भिक अस्पतालमा ८ः ३० बजे निधन भएको हो ।

    उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिने र आजै २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    सीता नेकपा माओवादी केन्द्रका सल्लाहकारसमेत हुन् । उनको निधनसँगै प्रधानमन्त्री प्रचण्डले परिवारका तीन सदस्य गुमाएका छन् । यसअघि क्यान्सरका कारण जेठी छोरी ज्ञानु र एक मात्र छोरा प्रकाशलाइ गुमाएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology