Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्रीलाई समवेदना दिन नर्भिक पुगे शीर्ष नेता र उच्च अधिकारीहरू

प्रधानमन्त्रीलाई समवेदना दिन नर्भिक पुगे शीर्ष नेता र उच्च अधिकारीहरू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०८० बुधवार • ०९:५९:०२ बजे
  • 421
    SHARES
  • प्रधानमन्त्रीलाई समवेदना दिन नर्भिक पुगे शीर्ष नेता र उच्च अधिकारीहरू

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा राजनीतिक दलका शीर्ष नेता तथा सुरक्षा निकायका प्रमुखहरू पुग्ने क्रम बढेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती नर्भिक पुगेका छन् ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारलाई समवेदना व्यक्त गर्न नेताहरू अस्पताल पुगेका हुन् । त्यस्तै प्रधानसेनापति प्रभुराम शर्मा, मन्त्री रञ्जिता श्रेष्ठ, रास्वपाका सभापति रवि लामिछाने, स्वास्थयमन्त्री मोहन बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, सञ्चारमन्त्री रेखा शर्मा लगायत उच्च पदस्थ अधिकारीहरु अस्पताल पुगेका छन् ।

    यसैबीच आज निर्धारित कांग्रेस केन्द्रीय कार्य समिति बैठक पनि अन्योलमा परेको छ । बैठक स्थगित गर्नेबारे आफूहरू छलफलमा रहेको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology