चर्चित व्यवसायी चन्द्र ढकाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आफूले आइतबार स्वाब परीक्षण गरेको र कोरोना संक्रमण देखिएको ढकालले जानकारी दिएका छन् ।
व्यवसायी ढकालले आफूमा कोरोना पुष्टि भए पनि लक्षण नभएको जानकार दिएका छन् । उनले घरमै आइसोलेसनमा बसेको बताएका छन् ।ढकालले आफ्नो सम्पर्कमा आएका सबैजनालाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सतर्कता अप्नाउन आग्रह गरेका छन् ।