Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भाउ आकासिएपछि गोलभेँडा किन्न भारतीय नेपालमा

भाउ आकासिएपछि गोलभेँडा किन्न भारतीय नेपालमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०८० बिहिवार • १२:०१:४१ बजे
  • 742
    SHARES
  • भाउ आकासिएपछि गोलभेँडा किन्न भारतीय नेपालमा

    भारतमा गोलभेँडाको मूल्य आकासिएको छ । त्यसैले भारतीयहरू गोलभेँडा किन्न नेपालमा आइरहेका छन् ।

    images

    उत्तराखण्डको पिथोरागढ जिल्लास्थित नेपाल–भारत सीमा पार गरेर भारतीय गोलभेँडा किन्न आइरहेका छन् । सीमा नजिकै रहेको धारचुला र वनबासाका बासिन्दा भारतमा तोकिएको मूल्यभन्दा आधा सस्तोमा गोलभेँडा किन्न नेपाल आइरहेका छन् ।

    भारतमा हाल गोलभेँडाको मूल्य प्रति केजी १२० देखि १३० सम्म छ । जबकि नेपालमा १०० देखि ११० रुपैयाँ (६२–६९ भारु) मा एक किलो गोलभेँडा पाइन्छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियासँगको कुराकानीमा नेपालको दार्चुलाका बासिन्दा कमल जोशीले नेपालका व्यापारीले हाल दोब्बर बढी आम्दानी गरिरहेको बताएका छन् ।

    भारतमा मनसुनको समयमा तरकारीको मूल्य आकासिने नेपालका किसानले बुझेपछि पछिल्ला केही वर्षदेखि किसानले अन्नको साटो तरकारी खेती गर्न थालेका छन् । किसानले मौसमी र बेमौसमी तरकारीलगायत गोलभेँडाको खेती गरेर भारतमा मूल्य बढेका बेला बेच्ने गरेको जोशी बताउँछन् ।

    जोशीका अनुसार किसानले काउली, पालुङ्गो लगायतको खेती गरेर भारतीय बजारमा मूल्य बढेका बेला बेच्ने गर्छन् । नेपाल नजिकै रहेको उत्तराखण्डको पिथोरागढ र चम्पावत जिल्लामा सीमा पारको व्यापार साधारण छ । दुवै देशका जनता पुल तरेर एक अर्काको बजार जाने गर्छन् ।

    पिथौरागण्को झुलाघाटका तरकारी विक्रेता तथा स्थानीय व्यापारी सङ्घका प्रमुख सुरेश कुमारले भने, ‘स्थानीय बाहेक व्यापारीले पनि नेपालबाट गोलभेँडा किन्न थालेका छन् ।

    केही स्थानीय व्यापारीले ४० रुपैयाँ प्रतिकिलोमा ठुलो परिमाणमा गोलभेँडा किनेका छन् । साधरणतया आलु, प्याजलगायतका तरकारी भारतबाट नेपालमा आउने गर्छन् । तर अब स्थिति फेरिएको छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology