Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

८ सय रुपैयाँले बढ्यो सुनको भाउ

८ सय रुपैयाँले बढ्यो सुनको भाउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०८० बिहिवार • १२:२४:४८ बजे
  • 751
    SHARES
  • ८ सय रुपैयाँले बढ्यो सुनको भाउ

    नेपाली बजारमा आज (बिहीबार) पहेँलो धातु सुनको भाउ उकालो लागेको छ। बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

    बिहीबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको भाउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology