Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बयान फेर्न टेकनाथलाई बालकृष्ण र टोपबहादुरको दबाब

बयान फेर्न टेकनाथलाई बालकृष्ण र टोपबहादुरको दबाब

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०८० बिहिवार • १४:१२:२२ बजे
  • 682
    SHARES
  • बयान फेर्न टेकनाथलाई बालकृष्ण र टोपबहादुरको दबाब

    नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई बयान फेर्न दबाब दिन थालेका छन् । जेलमा रहेका एमाले नेता टोपबहादुर रायमाझी तथा कांग्रेस नेताबालकृष्ण खाण लगायतले उनलाई दबाब दिएका हुन् ।

    images

    रिजालले सो प्रकरणमा जे हो त्यही वास्तविकता बताएका छन् । सो प्रकरणमा नेताहरुले समेत सघाएको उनले खुलाएका थिए ।

    उनको बयानका कारण छुट्न गाह्रो हुने भएपनि टोपबहादुर र बालकृष्णले दबाब दिएका हुन् । थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध उनीहरु उच्च अदालत जाने तयारी गरेका छन् ।

    यसरी बयान फेर्न दबाब दिएपछि नेता रिजालले असुरक्षित समेत महशुस गरेका छन् । ‘राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान’ले बिज्ञप्ती निकालेर रिजालले दिएको बयानका कारण कतिपय अभियुक्तहरु समस्यामा परेकाले बयान फेर्न दबाब पनि आइरहेको दाबी गरिएको छ ।

    ‘हालैका समाचारहरूका अनुसार अभियान आफ्नो गहिरो चिन्ता व्यक्त गर्न चाहन्छ। टेकनाथ रिजाल भुटानका पूर्व राजनीतिक बन्दी वा लोकतन्त्रको लागि भुटानी आन्दोलनको सबैभन्दा अग्लो नेतालाई अन्य उच्च–प्रोफाइलका बन्दीहरूबाट अदालतको बयान परिवर्तन गर्न दबाब दिने प्रयास भइरहेको छ,’ ।

    वकिलहरुमार्फत यस्तो दबाब दिइएको स्रोत बताउँछ । रिजाललाई अर्का थुनुवा इन्द्रजित राई सँगै राखिएको छ । रिजालले राईविरुद्ध समेत बयान दिएका छन् । जसकारण उनी असुरक्षित बनेका छन् ।

  • सम्बन्धित विषय:

  • # टोपबहादुरको दबाब
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology