Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुखुराको मासुको मूल्य घट्यो

कुखुराको मासुको मूल्य घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०८० बिहिवार • १४:१५:३५ बजे
  • 577
    SHARES
  • कुखुराको मासुको मूल्य घट्यो

    पछिल्लो तीन दिनमा जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घटेको छ ।

    images

    २५ असारमा किलोमा १० रुपैयाँले घटेको मासुको कोल्ड स्टोर (जिउँदो कुखुरा) मूल्य बुधबार पुनः १० रुपैयाँले सस्तो भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

    यो मूल्य काठमाडौं उपत्यका र यसका वरपरका क्षेत्रको हो । पछिल्लो पटक मूल्य घटेपछि ब्रोइलर कुखुराको मासुको मूल्य २९० रुपैयाँ कायम भएको संघका सचिव देवकुमार गिरीले जानकारी दिए ।

    यसअघि ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य ३१० रुपैयाँसम्म पुगेको थियो । ब्रोइलरको कोल्ड स्टोर मूल्य घटेसँगै अब तयारी कुखुराको मासुको मूल्य पनि घट्ने संघले जनाएको छ ।

    अहिले बजारमा ४६० रुपैयाँ प्रतिकिलो सम्ममा तयारी ब्रोइलरको कुखुराको मासुको बिक्री भइरहेको छ । जिउँदो कुखुराको उत्पादन बढेको र भारतबाट पनि अवैध मात्रामा कुखुरा भित्रिएका कारण मूल्य घटेको संघको दाबी छ ।

    काठमाडौं उपत्यका दैनिक करिब ५ लाख किलो मासुको पखत हुन्छ ।

  • सम्बन्धित विषय:

  • # मासुको मूल्य घट्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology