Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘राष्ट्रिय प्रसारणमा ९ सय मेगावाटको बिजुली थपिनेछ’

‘राष्ट्रिय प्रसारणमा ९ सय मेगावाटको बिजुली थपिनेछ’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०८० बिहिवार • २०:५८:२६ बजे
  • 634
    SHARES
  • ‘राष्ट्रिय प्रसारणमा ९ सय मेगावाटको बिजुली थपिनेछ’

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक बर्ष थप ९ सय मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारणमा थप हुने बताएका छन् ।

    images

    बिहीबार राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेको प्रश्नको जवाफमा हरेक बर्ष विधुत उत्पादन बढ्दै जाने भन्दै अव आन्तरिक खपत बढाउदै लैजाने समेत बताए ।

    ऊर्जा विकास दशकको मार्गचित्रका साथ सरकारले काम गरिरहेको भन्दै उनले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने लक्ष्यका साथ आयोजनाहरु निर्माण भइरहेको जानकारी दिए ।

    उनले केही ठूला जलाशयुक्त आयोजना अगाडि बढाउने सोचका साथ सरकारले प्रक्रिया अगाडि बढाएकोपनि बताए । सरकारले नलगाड जलविद्युत् आयोजनालाई सरकारले उत्तिकै महत्व दिएको र छिट्टै प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

    त्यस्तै, उनले कर्णाली प्रदेशमा सिँचाइ सुविधा पुर्याउनका लागि एकीकृत कर्णाली सिँचाइ परियोजना अगाडि बढाइएको र ३० करोड बराबरको बजेट विनियोजन गरिएको बताए ।

  • सम्बन्धित विषय:

  • # बिजुली थपिनेछ’
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology