Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यमुना नदीले अलिपुर बाँध भत्कायो, नयाँ दिल्ली उच्च जोखिममा

यमुना नदीले अलिपुर बाँध भत्कायो, नयाँ दिल्ली उच्च जोखिममा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०८० शुक्रवार • १०:४७:४९ बजे
  • 568
    SHARES
  • यमुना नदीले अलिपुर बाँध भत्कायो, नयाँ दिल्ली उच्च जोखिममा

    एजेन्सी । यमुना नदीको बाढीले भारतको राजधानी नयाँ दिल्ली निकै प्रभावित बनेको छ ।

    images

    राजधानीबाट अलि टाढा रहेको गाजियाबाद–बागपत सीमामा रहेको अलिपुर बाँध यमुना नदीको तीव्र बहावका कारण भत्किएपछि दिल्ली उच्च बाढीको उच्च जोखिममा परेको छ ।

    यस तटबन्धमा ३० देखि ३५ मिटरसम्म क्षति भएको छ, जसलाई भर्ने प्रयास भइरहेको प्रशासनिक अधिकारीले बताएका छन् ।बाँध फुट्दा हजारौं बिघा बाली डुबानमा परेपछि गाउँले र प्रशासनमा हलचल मच्चिएको छ । १९७२ मा निर्माण गरिएको यो बाँध भत्किएपछि दिल्लीमा यमुनाको जलस्तर अझै बढ्ने खतरा रहेकाे बीबीसीले जनाएकाे छ ।

    बाँध भत्किएपछि नजिकैको सुभानपुर गाउँमा पानी पसेपछि हजारौं बिघा बाली डुबानमा परेको छ । यससँगै बागपत जिल्लामा पनि खतरा हुन थालेको छ । प्रशासनको टोली घटनास्थल पुगेर बाँधको मर्मत गर्ने काम गरिरहेको भएपनि मर्मतको काम भने पूरा हुन सकेको छैन । भारतको राजधानी नयाँ दिल्लीमा यमुना नदीको बाढीले ४५ वर्ष पुरानो रेकर्ड तोडेको छ । यमुना नदीको पानीको सतहले २ सय ८ दशमलव ६ मिटर नाघेको छ ।

    यसअघि सन् १९७८ मा यमुनाको जलस्तर २ सय ७ दशमलव ४९ मिटर पुगेको थियो । अहिले दिल्लीका तल्लो क्षेत्र डुबानमा परेको र पानीको सतह बढ्ने क्रम जारी रह्यो भने आवासीय क्षेत्र पनि यसको प्रभावमा पर्न सक्ने बीबीसीले जनाएको छ । दिल्लीका सडक पानीले भरिएका छन् ।

    बाढी र डुबानका कारण दिल्लीका विद्यालय र कलेज आइतवारसम्म बन्द गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतवारसम्म स्कुल, कजेल र विश्वविद्यालय बन्द गरिएको जानकारी दिएका छन् ।

    यस्तै अत्यावश्यक सेवा दिने सरकारी कार्यालयबाहेक अन्य सबै सरकारी निकायका कर्मचारीलाई घरबाटै काम गर्न पनि मुख्यमन्त्री केजरीवालले निर्देशन दिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology