Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महिला सैनिकको पीडाः हातमा एके ४७ तर साथमा छैन स्यानिटरी प्याड

महिला सैनिकको पीडाः हातमा एके ४७ तर साथमा छैन स्यानिटरी प्याड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०८० शुक्रवार • ११:३७:३३ बजे
  • 481
    SHARES
  • महिला सैनिकको पीडाः हातमा एके ४७ तर साथमा छैन स्यानिटरी प्याड

    एजेन्सी । युद्ध कौशल र रणनीतिका विज्ञहरू भन्छन्– युद्ध श्रोतले होइन, साहसले लडिन्छ । यो पटक रुस–युक्रेन सीमामा उभिएका महिला सैनिकले अप्ठ्यारो परिस्थितिको सामना गर्नुका साथै शत्रुलाई मुहम्मे जवाफ दिइरहेका छन् ।

    images

    युक्रेनीका महिला सैनिकहरूले रुसी आक्रमणबाट देशको रक्षा गर्दा स्रोतसाधनको चरम अभावको सामना गरिरहेका छन् । उनीहरुले आफ्नो कठिन अवस्थाको बारेमा केहि पत्रकारलाई जानकारी दिँदै स्रोतको अभाव हुदाँ पनि आफ्नो मनोबल तोड्न नसकेको बताएका छन् । यहासम्म कि महिला सैनिकको पोसाक पनि उनीहरुको साइजभन्दा निकै ठूलो छ ।

    ‘डेली वेस्टमा प्रकाशित रिपोर्टका अनुसार युक्रेनका हजारौं महिला सैनिक रुसविरुद्ध जारी युद्धको बीचमा बहादुरीका साथ लडिरहेका छन् । यी महिला सैनिकहरूसँग उनीहरूको सही साइजको वर्दी पनि छैन । युक्रेनको सशस्त्र बलमा करिब ६० हजार महिला तैनाथ छन् । यस रिर्पोट अनुसार धेरै महिला सैनिकलाई उद्धृत गर्दै सेनामा महिला स्रोतको व्यापक अभाव रहेको उल्लेख गरिएको छ । यस्तो अवस्थाले युक्रेनका सैन्य स्वयंसेवीहरूको चिन्ता थपिएको छ ।

    महिला सैनिकका अन्य चिन्ताको बारेमा कुरा गर्दा नराम्रो पोशाक बाहेक उनीहरूसँग राम्रो गुणस्तरको जुत्तासमेत छैन । कतिपय महिलाले पुरुष सिपाहीको बडी आर्मर प्रयोग गर्नुपर्ने हुन्छ । सही साइजको जुत्ता नहुँदा उनी आवश्यक पर्दा छिटो दौडिन पनि सक्दैनन् । महिला सैनिकहरुले महिनामा केही दिन रासन समेत नपाएको बताएका छन् ।

    उनीहरुलाई औषधि र सेनेटरी प्याडको पनि अभाव छ । उनीहरु युद्धको मैदानमा आफ्नो हेरचाह गर्न असमर्थ छन् । उनीहरु स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याबाट गुज्रिरहेका छन् । माइनस तापक्रम भएको जङ्गलमा शौचालय जाने व्यवस्था नभएको जुलिया नामका एक महिला सैनिकले बताएका छन् ।

    महिला सैनिकहरूले सिस्टिटिस र ढाड दुख्ने समस्याको सबैभन्दा बढी सामना गर्नु परिरहेको छ । यस्तो कठिन परिस्थितिमा पनि देशको रक्षा गर्ने यो भावनाले युक्रेनको महिला शक्तिको बल देखाएको छ । उनीहरुको कठिनाइको कथा सञ्चारमाध्यममा प्रकाशित भएपछि मानिसहरुले उनीहरुको साहसलाई सलाम गरिरहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology