Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रपतिको समवेदना सन्देश- प्रचण्डलाई सीताले दिएको साथ उदाहरणीय

राष्ट्रपतिको समवेदना सन्देश- प्रचण्डलाई सीताले दिएको साथ उदाहरणीय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०८० शुक्रवार • ११:३९:३१ बजे
  • 409
    SHARES
  • राष्ट्रपतिको समवेदना सन्देश- प्रचण्डलाई सीताले दिएको साथ उदाहरणीय

    राष्ट्रपति रामचन्द्र पौडेलले पत्नीशोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना सन्देश पठाएका छन् ।

    images

    यसअघि सीता दाहालको निधन भएकै दिन बुधबार टेलिफोनमार्फत समवेदना व्यक्त गरेका राष्ट्रपति पौडेलले आज आफ्नो परिवारका सदस्यसहित राष्ट्रपति कार्यालयका पदाधिकारीलाई बालुवाटार मै पठाएर लिखित समवेदना दिएका हुन् ।

    राष्ट्रपतिले समवेदना पत्रमा सशस्त्र सङ्घर्षलगायत सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीता दाहालको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

    ‘समाज रूपान्तरण र राजनीतिक परिवर्तन मात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवम् कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, रउनले भनेका छन् ।

    सो क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको समवेदना पत्रमा अत्यन्तै मार्मिक भएको बताउँदै आभार व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रपतिको समवेदना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology