Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमसीसी पारित गरिएकामा सहायक विदेशमन्त्रीले दिए केपी शर्मा ओलीलाई धन्यवाद

एमसीसी पारित गरिएकामा सहायक विदेशमन्त्रीले दिए केपी शर्मा ओलीलाई धन्यवाद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०८० शुक्रवार • १९:५८:२१ बजे
  • 373
    SHARES
  • एमसीसी पारित गरिएकामा सहायक विदेशमन्त्रीले दिए केपी शर्मा ओलीलाई धन्यवाद

    शुक्रबार नेपालको एकदिने भ्रमणमा आइप्गेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

    images

    एमाले पार्टी मुख्यालय, च्यासलमा भएको शिष्टाचार भेटमा सहायक विदेशमन्त्री लूले नेपालको संसदले एमसीसी पास गरेकोमा धन्यवाद दिएका छन् । साथै, उनले एमसीसीलाई छिट्टै अगाडि बढाउने र त्यसक्रममा सिनियर अधिकारीहरु नेपाल आउने जानकारी गराएको एमाले प्रचार विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन् ।

    यसअघि शुक्रबार नै लूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रपति एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

    आजै लूले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने कार्यक्रम छ ।

  • सम्बन्धित विषय:

  • # ओलीलाई धन्यवाद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology