Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मंगलाको बद्ला मालिकामा:काॅग्रेसका वडा सभापति सहित ८५ जना नेकपामा प्रबेश

मंगलाको बद्ला मालिकामा:काॅग्रेसका वडा सभापति सहित ८५ जना नेकपामा प्रबेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७७ सोमवार • १९:३०:३७ बजे
  • 2.2K
    SHARES
  • मंगलाको बद्ला मालिकामा:काॅग्रेसका वडा  सभापति सहित ८५ जना नेकपामा प्रबेश

     म्याग्दीको मालिका गाउँपालिकाका विभिन्न वडाबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी मा ८५ जना प्रवेश गरेका छन् ।मालिका गाउँपालिका–७ बिमका काँग्रेस वडा समितिका सभापती धनकुमार पाईजा सहितले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेकोनेकपा म्याग्दीले जनाएको छ ।

    images

    सोमबार नेकपा मालिका गाउँपालिका स्तरीय पार्टी कमिटी बैठकको अवसरमा मालिकाको बिम, दरबाङ, निस्कोट, रुम, ओखरबोट, देविस्थानबाट काँग्रेस र अन्य पार्टीबाट पार्टी प्रवेश गरेकाहरुलाई नेकपाले स्वागत गरेको थियो ।

    पार्टी प्रवेश गर्नेहरुलाई प्रतिनिधि सभा सदस्य समेत रहनुभएका नेकपाका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भुपेन्द्र बहादुर थापा, गण्डकी प्रदेश कमिटीका कार्यालय सदस्य नवराज शर्मा, जिल्ला सचिब हरिकृष्ण श्रेष्ठ जिल्ला कार्यालय सदस्यहरु रेशम जुग्जाली देबेन्द्र केसी  बालकृष्ण सुवेदी, प्रदेश कमिटी सदस्य टेक बहादुर बि क मुना बानियाँ लगायतका नेताहरुले नवप्रवेशीहरुलाई स्वागत गर्नु भएको थियो ।
     
    पछिल्लो पटक नेपाली काॅग्रेसले नेकपाका जिल्ला स्तरिय  नेता बलभद्र ढकाल लगाएत केही नेता कार्यकर्ता मंगला गाॅउपालिका बाट आफ्नो पार्टी प्रबेश गराए पछी म्याग्दीमा  दुई पार्टीका बिचमा एक अर्काका नेता कार्यकर्ता तानतान आक्रमक हिसाबले शुरु भएको छ।यति बेला काॅग्रेसले नव प्रबेशी ढकाललाई आगमी चुनाबमा क्षेत्र ख को उम्मेदबारको रुपमा स्थापित गर्न उनको आफ्नै गाॅउपालिका मंगला गाॅउपालिकामा बिशेष ध्यान दिएको छ भने नेकपाले पुर्ब स्थानिय निर्बाचनमा काॅग्रेसले जितेको मालिका गाॅउपालिका लाई बिशेष रुपमा ध्यान दिएको बिश्वस्त सुत्रले जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology