Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतले फ्रान्ससँग २६ लडाकू विमान खरिद गर्दै

भारतले फ्रान्ससँग २६ लडाकू विमान खरिद गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०८० शनिवार • १३:२८:११ बजे
  • 463
    SHARES
  • भारतले फ्रान्ससँग २६ लडाकू विमान खरिद गर्दै

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने फ्रान्स भ्रमणबाट फर्केका छन । यो भ्रमण दुवै देशका लागि निकै महत्वपूर्ण मानिएको छ । यस भ्रमणका क्रममा दुई देशबीच विभिन्न परियोजनामा ​​सम्झौता भएका छन, जसअनुसार अब भारत सरकारले भारतीय नौसेनालाई नवीनतम पुस्ताको लडाकु विमानले सुसज्जित गर्न राफेल मरीन छनोटको घोषणा गरेको छ।

    images

    भारतीय नौसेनाका ३६ राफेल युद्ध बिमानहरू पहिले नै सेवामा रहेको बेला फ्रान्स भ्रमण पछि थप २६ राफेलहरूमा सामेल हुने भएका छन । भारतमा सञ्चालन गरिएको सफल परीक्षण अभियान पछि यो सम्झौता बाहिर आएको हो, जसमा नौसेना राफेलले भारतीय नौसेनाको परिचालन आवश्यकताहरू पूरा गर्दछ र यसको विमान वाहकको स्पेसिफिकेशनहरूमा पूर्ण रूपमा उपयुक्त छ भनेर देखाएको छ।

    डिफेन्स एक्विजिसन काउन्सिलले बिहीबार भारतीय नौ सेनाका लागि २६ लडाकू विमान राफेल एम खरिद गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ। रक्षा अधिकारीहरूले जानकारी दिएका छन कि ३६ विमान मध्ये २२ एकल सीटर र ४ ट्वीनसीटर छन्। यी विमान फ्रान्सको दासल्ट एभिएसनबाट खरिद गरिने छ ।

    जानकारी अनुसार राफेल मरीन आईएनएस विक्रान्तमा तैनाथ हुन लागेको छ । सेप्टेम्बर २०१६ मा भारतले फ्रान्सबाट ५९ हजार करोड रुपैयाँमा ३६ राफेल विमान किनेको थियो ।

    उल्लेखनीय कुरा के छ भने, यो प्रस्ताव रक्षामन्त्री राजनाथ सिंहको नेतृत्वमा रहेको डिफेन्स एक्विजिसन काउन्सिल (डीएसी) ले अनुमोदन गरेको थियो। मरिन राफेल नौसेनामा सामेल भएसँगै नौसेनाको शक्ति मात्र बढ्ने छैन, यसको साथसाथै सैन्य पराक्रममा पनि वृद्धि हुनेछ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology