Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निर्दोष फस्दैन दोषी उम्कदैन : गृहमन्त्री

निर्दोष फस्दैन दोषी उम्कदैन : गृहमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०८० शनिवार • १४:०६:१६ बजे
  • 514
    SHARES
  • निर्दोष फस्दैन दोषी उम्कदैन : गृहमन्त्री

    उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनैपनि घटनामा निर्दोष नफस्ने दोषीलाई उम्कन नदिन निर्देशन दिएको बताएका छन् ।

    images

    आज (शनिबार) प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले विभिन्न प्रकरणमा भइरहेका अनुसन्धानमा कुनै पनि हस्तक्षेप नहुने बताए ।

    तथ्य र प्रमाणका आधारमा दोषीलाई प्रकाउ गरी थप अनुसन्धान गर्ने कार्यमा आफुले कुनै बाधा नगर्ने बताए । ‘कुनै पनि अनुसन्धानमा प्रहरीलाई सरकारले हस्तक्षेप गरेको छैन र गर्ने पनि छैन ।,’

    गृहमन्त्री श्रेष्ठले भने, ‘हामीले प्रहरीलाई फलानालाई ल्याउनू, फलानालाई नल्याउनू भनेका छैनौँ । हामी त्यस्तो कुरा गर्दैनौँ । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईंहरू काम गर्नुस् भनेका छौं ।

    प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’ तथ्य र प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढेको बताउँदै गृहमन्त्री श्रेष्ठले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताए ।

    गृहमन्त्री श्रेष्ठले कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिए । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको जिकिर गरे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology