Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मिटरब्याजसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित हुन्छ : कानुनमन्त्री

मिटरब्याजसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित हुन्छ : कानुनमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०८० शनिवार • १७:२९:५८ बजे
  • 406
    SHARES
  • मिटरब्याजसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित हुन्छ : कानुनमन्त्री

    कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक संसद्को यही अधिवेशनबाट पारित हुने बताएका छन् ।

    images

    मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक रोक्न विभिन्न षड्यन्त्रहरू भइरहेपनि अब नरोकिने उनको भनाइ छ । शनिबार काठमाडौंमा कांग्रेसनिकट तमु संघ वाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरूङले मिटरब्याज पीडितहरूलाई न्याय दिने विषयमा कांग्रेस र गठबन्धन सरकार प्रस्ट रहेको बताए ।

    उनले भने, ‘सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउन अध्यादेश ल्यायो । तर, त्यसलाई संसद्बाट प्रतिस्थापन विधेयक ल्याउन नदिन कसले कसरी षड्यन्त्र ग¥यो ? त्यो सबैलाई प्रस्टै छ ।

    भ्रष्टाचारको फाइल खोल्न थालेको सरकार नै ढल्छ भनेर यताउता षड्यन्त्र समेत भइरहेको छ । तर, हामीलाई सरकारमा हौँला वा नहौँला चिन्ता छैन । सरकार मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न प्रतिबद्ध छ ।’ दुई÷तीन दिनभित्रै मिटरब्याजसम्बन्धी विधेयक संसद्मा पेस हुने र पारित हुने उनको दावी छ ।

    मन्त्री गुरूङले सुशासन कायम गर्न र भ्रष्टाचारको अन्त्यका लागि अहिलेको गठबन्धन सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री गुुरुङले भने, ‘अहिले सरकारले भ्रष्टाचारका फाइल खोलिरहेको छ ।

    यो बालुवाटारमा गठबन्धनको बैठकबाट निर्णय भएर मुलुकमा सुशासन कायम गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने र भ्रष्टाचारका सबै फाइलहरू खोल्ने काम थालिएको हो ।’

  • सम्बन्धित विषय:

  • # कानुनमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology