कुवेत- नुवाकोट धादिङ रसुवा समाज कुवेतले छैटौं वार्षिकोत्सवको अवसरमा अतिथि कलाकारको साथमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
'आपसी एकता हाम्रो उद्देश्य समृद्धि समाज निर्माण हाम्रो लक्ष्य' भन्ने मूल नाराको साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट रसुवा धादिङ समाज कुवेतको छैटौं वार्षिकोत्सव तथा सास्कृतिक कार्यक्रम कुवेतस्थित इन्डियन सेन्ट्रल स्कुलमा जिलिपमा अतिथि कलाकार गायक टंक तिमिल्सिना, म्हेन्दोमाया गायिका किर्ती तामाङ र म्हेन्दोमाया गायक सुमन घलेको साथमा सम्पन भएको हो ।
कुवेतको नेपाली समाजमा स्थापना भएका नेपाली सघ सस्थाले आयोजना गर्ने कार्यक्रम समय तालिका अनुसार संचालन हुदैन । उक्त कार्यक्रम पनि हिजो शुक्रबार बिहान ११ बजेबाट भनेपनि झण्डै २ बजेबाट मात्रै कार्यक्रम सुरु भएको थियो। नुवाकोट धादिङ रसुवा समाज कुवेतको अध्यक्ष फुर्पा मोक्तानकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुवेतका तृतीय सचिव रेवन्त केसीको प्रमुख आतिथ्यता रहेको थियो भने, एनआरएनए कुबेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ शाखा कुवेतका उपाध्यक्ष राज मल्ल र जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङको विशिष्ट आतिथ्यतामा रहेको थियो ।
त्यसैगरी अतिथिमा कुवेतमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार , कलाकार लगायत रहेका थिए । भुवन सुवेदी र राकेश मनाङथेनले कार्यक्रम संचालन गरेका थिए । राष्ट्रिय गान पश्चात सभापति, प्रमुख अतिथि र बिशेष अतिथिल गायतले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएकाे थियो। नुवाकोट धादिङ रसुवा समाज कुवेतका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक छिरिङ तामाङले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिलगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कुवेतमा सांस्कृतिक कार्यक्रम केही समयको अन्तराल पछि भएको हुनाले कार्यक्रम हलमा दर्शकको उपस्थिति राम्रो थियो । नेपालबाट आमन्त्रित चर्चित कलाकार गायक टंक तिमिल्सिना, म्हेन्दोमाया गायिका किर्ती तामाङ, म्हेन्दोमाया गायक सुमन घलेले दर्शकहरुलाई छमछमी नचाएका थिए।
नुवाकोट धादिङ रसुवा समाज कुवेतको छैटौं वार्षिक उत्सव तथा सास्कृतिक कार्यक्रमको मुख्य प्रायोजक अलमुल्ला एक्सचेन्ज कुवेतले गरेको थियो । स्थानीय कलाकार तथा नेपालबाट आमन्त्रित चर्चित कलाकार, सहयोगी संस्था तथा प्रायोजक अलमुल्ला एक्सचेन्जलाई सम्मान गरिएको थियो ।