Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

६ राजनीतिक दलमध्ये एमाले सबैभन्दा धनी

६ राजनीतिक दलमध्ये एमाले सबैभन्दा धनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०८० आइतवार • १०:०६:४१ बजे
  • 445
    SHARES
  • ६ राजनीतिक दलमध्ये एमाले सबैभन्दा धनी

    मुलुकका सबै राजनीतिक दलमध्ये आर्थिक हैसियतमा नेकपा एमाले सबैभन्दा धनी देखिएको छ । दलहरुले आर्थिक वर्ष २०७८/०७९ मा बुझाएको वार्षिक आयव्यय विवरणमा एमाले सबैभन्दा धनी देखिएको हो । निर्वाचन आयोगका अनुसार दोस्रो धनी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी र तेस्रोमा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी रहेको छ । यता संसदमा पहिलो दलको हैसियतमा रहेको नेपाली कांग्रेस भने घाटामा रहेको देखिएको छ ।

    images

    आर्थिक वर्ष २०७८÷०७९ सम्म एमालेले ४१ करोड ७२ लाख २० हजार ३१७ रुपैयाँ आम्दानी गरेको छ । उसले सो वर्ष १५ करोड ७० लाख ७६ हजार ९८३ रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ । प्रतिवेदन अनुसार दोस्रो धनी पार्टी राप्रपासँग तीन करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ ।

    कांग्रेसले आर्थिक वर्ष २०७८/०७९ सम्म १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ आम्दानी गरेको छ भने १७ करोड ९० लाख ७८ हजार २२२ रुपैयाँ खर्च गरेको छ । उसले आयोगलाई बुझाएको आर्थिक विवरण अनुसार ३ करोड रुपैयाँभन्दा बढी आर्थिक दायित्व पार्टीमाथि रहेको देखिन्छ । माओवादीले आर्थिक वर्ष २०७८÷०७९ सम्म ९ करोड १३ लाख आम्दानी गरेको छ भने ८ करोड ६९ लाख रुपैयाँ खर्च गरेको छ । सरकारको नेतृत्व गरिरहेको उक्त पार्टीले आर्थिक वर्ष २०७८/०७९ मा ३२ लाख रुपैयाँभन्दा बढी बचत गरेको छ ।

    माओवादी केन्द्रको वार्षिक आम्दानीको ठूलो हिस्सा सदस्यता शुल्क र लेबीको रहेको छ । उक्त पार्टीले सदस्यता शुल्क र आवधिक लेबी बापत ८ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ । माओवादी केन्द्रले एक करोड २६ लाख रुपैयाँभन्दा केही बढी रकम प्रचारप्रसार, सम्मेलन, अतिथि सत्कार लगायतका शीर्षकमा खर्च गरेको देखिन्छ । नेकपा एकीकृत समाजवादीले आर्थिक वर्ष २०७८÷०७९ सम्म ७ करोड रुपैयाँ आम्दानी गरेको विवरण छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ९ हजार ७६० रुपैयाँ आम्दानी गरेको वित्तीय विवरण आयोगमा पेश गरेको छ ।

    आम्दानीका स्रोत के हुन् ?

    राजनीतिक दलहरूले आफ्नो आम्दानीका स्रोतमा सदस्यता शुल्कदेखि चन्दा सहयोग, लेबीसम्म उल्लेख गरेका छन् । एमालेले आर्थिक वर्ष २०७८/०७९ सम्म पार्टी सदस्यता शुल्क बापत ६ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको जनाएको छ । अन्य लेबी शीर्षकमा उसले ९ करोड ६१ लाख रुपैयाँ आम्दानी भएको उल्लेख गरेको छ । २०७८ सालमा चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन, विधान अधिवेशन, प्रचारप्रसार र अतिथि सत्कार लगायतका गतिविधिमा आफ्नो अधिकांश खर्च भएको एमालेले विवरणमा जनाएको छ ।

    कांग्रेसले पनि सदस्यता शुल्क, क्रियाशील सदस्यता शुल्क, आवधिक लेबीबाट आम्दानी भएको उल्लेख गरेको छ । हालसालै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले आर्थिक सहयोगबाट आम्दानी गरेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एमाले सबैभन्दा धनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology