Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको उप–सभापतीमा जीवनकुमार विश्वकर्मा निर्वाचित

सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको उप–सभापतीमा जीवनकुमार विश्वकर्मा निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७७ सोमवार • २३:१९:०१ बजे
  • 4.5K
    SHARES
  • सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको उप–सभापतीमा जीवनकुमार विश्वकर्मा निर्वाचित
    पोखरा / गण्डकी प्रदेश अन्तर्गत  ९ जिल्लाका व्यवसायी सहभागी रहेको अधिवेशनमा कास्की सुनचादी व्यवसायीको सोमबार पोखरामा सम्पन्न अधिवेशसनमा सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश को उप–सभापतीमा म्याग्दीका जीवनकुमार विश्वकर्मा निर्वाचित हुनुभएको छ ।
    विश्वकर्मा म्याग्दी उद्योग बाणिज्य संघका निवर्तमान र सुनचाँदी व्यवसायि संघ म्याग्दीका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । दुई जना उपसभापतीको लागी म्याग्दीका विश्वकर्मा र गोरखाका कृष्ण विश्वकर्माले समान ४०/४० मतका साथ बिजयी हुनुभएको जनाईएको छ ।
    गण्डकी प्रदेश अन्तर्गत  ९ जिल्लाका व्यवसायी सहभागी रहेको अधिवेशनमा कास्की सुनचादी व्यवसायी संगका पूर्व अध्यक्ष द्वय चन्द्र किशोर गौतम र बुद्धि बहादुर गहतराज बीच गण्डकी प्रदेशको सभापतिको लागी प्यानल नै बनाएर निर्वाचन भएको थियो । निर्वाचनबाट सभापतीमा चन्द्र किशोर गौतम ३९ मत ल्याई विजयी हुनुभएको छ । सचिवमा रबिन घिमिरे विश्वकर्मा, कोषाध्यक्षमा नेत्रबहादुर विश्वकर्मा र सहसचिबमा पर्व विश्वकर्मा निर्वाचित हुनु भएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology