Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भोलिदेखि नयाँ हवाइ भाडादर लागू हुने

भोलिदेखि नयाँ हवाइ भाडादर लागू हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०८० आइतवार • १८:०६:१९ बजे
  • 544
    SHARES
  • भोलिदेखि नयाँ हवाइ भाडादर लागू हुने

    भोलि सोमबारदेखि नयाँ हवाइ भाडादर लागू हुने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ बाट हवाई भाडादरमा मूल्य अभिवृद्धि कर लागू गर्ने निर्णयअनुसार नयाँ भाडादर लागू हुने भएको हो ।

    images

    वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघले विज्ञप्ति जारी गर्दै सोमबारबाट मूल्य अभिवृद्धि करसहित भाडादर लागू गर्ने जनाएको छ । वायुसेवा कम्पनीहरुले नयाँ भाडादर लागू गर्नका लागि गृहकार्य सुरु गरेको जनाएका छन् । सामान्यतयाको तुलनामा नयाँ भाडादर करिब ६ प्रतिशतले वृद्धि हुने कम्पनीहरुले जनाएका छन् ।

    नयाँ भाडादर पहिलाको तुलनामा वृद्धि हुने वायुुसेवा कम्पनीहरुको भनाइ छ । कम्पनीका अनुसार करिब ६ प्रतिशतले महँगो पर्नेछ । संघका प्रवक्ता योगराज कँडेलले भने, ‘अब हवाई भाडादर वृद्धि हुन्छ । टिकटको मूल्यमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडिन्छ । सबै कम्पनी भ्याट दर्ता प्रकृयामा गइसकेका छन् ।

    प्यानलाई नै भ्याटमा रुपान्तरण गर्ने हो ।’ उनले आगामी साउन २५ गतेसम्म सबै वायुसेवाले रकमको विवरण बुझाउनका लागि कर विभागले पत्राचार गरिसकेको बताए । सरकारले नयाँ आथिक वर्षको बजेट अगाडि इन्जिन प्रोपेलर लगायत विभिन्न पार्टपुर्जामा १ प्रतिशत भन्सार शुल्क लिँदै आएको थियो भने हवाई भाडादर पनि भ्याटरहित निर्धारण गर्दै आएको थियो ।

    सरकारले बजेटमार्फत घोषणा गरेको निर्णयप्रति असुन्तष्ट देखाएका वायुसेवा कम्पनीले अन्तिममा आएर पालना गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # हवाइ भाडादर लागू हुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology