Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०८० आइतवार • १८:१०:३२ बजे
  • 580
    SHARES
  • पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

    images

    निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुनेगरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

    उक्त प्रणालीअनुसार निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ । यस्तै, खाना पकाउने एलपी ग्यासको मुल्यमा भने निगमले नाफा नराख्ने निर्णय गरेको निगमले जनाएकाे छ ।

    उक्त निर्णयअनुसार पेट्रोल लिटरमा ६ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ४–४ रुपैयाँ मूल्य घट्नेछ भने ग्यासमा १० रुपैयाँ घट्नेछ ।

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology