Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित

मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०८० सोमवार • १०:२१:२७ बजे
  • 430
    SHARES
  • मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित

    मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट संशोधनसहित पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० संशोधनसहित पास गरेको हो ।

    images

    संसदबाट सर्वसम्मत विधेयक पास गर्ने क्रममा सरकारले कारोबार भएको वास्तविक रकम र कानुन बमोजिम ब्याज दिलाउने संशोधन स्वीकार गरेको छ ।

    राष्ट्रियसभाबाट पारित भइसकेको यो विधेयक अब पुनः राष्ट्रिय सभामा जानेछ । प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइनेछ ।

    राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विद्येयक कानुन बन्ने छ । मिटरब्याजलाई अनुचित लेनदेन मानेर कानुनी कारबाही गर्ने बाटो खोल्दै सरकारले वैशाख २० गते अध्यादेश ल्याएको थियो ।

    चार दिनपछि त्यसलाई प्रतिस्थापन गर्ने विधेयक राष्ट्रिय सभामा पेश भयो । संवैधानिक र कानुनी व्यवस्थाअनुसार प्रतिस्थापन विधेयक असार २० गते भित्र पारित गरिसक्नुपर्ने थियो ।

    उक्त विद्येयक असार २० गते पारित गर्ने कार्यसूची रहेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरुले अवरुद्ध गरेपछि अध्यादेश निष्क्रय भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सर्वसम्मतले पारित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology