Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अध्यक्ष कुट्ने गाउँपालिका उपाध्यक्ष दुई दिनदेखि प्रहरी नियन्त्रणमा

अध्यक्ष कुट्ने गाउँपालिका उपाध्यक्ष दुई दिनदेखि प्रहरी नियन्त्रणमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०८० सोमवार • १४:४०:३६ बजे
  • 835
    SHARES
  • अध्यक्ष कुट्ने गाउँपालिका उपाध्यक्ष दुई दिनदेखि प्रहरी नियन्त्रणमा

    जुम्लाको गुठिचौर गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    पालिका अध्यक्ष दानबहादुर बुढालाई कार्यकक्षमै थप्पड र चप्पल प्रहार गरेकाे आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आर्थिक वर्षको बजेट कार्यपालिकाबाट पारित गराउन छलफल चल्दै गर्दा एक्कासि हातपात गरेको उजुरीपछि भण्डारी आफैं प्रहरीको सम्पर्कमा पुगेका थिए ।

    उनलाई अहिले पनि प्रहरी नियन्त्रणमा राखिएको गाउँपालिकाका प्रवक्ता अर्जुनकुमार महताराले जानकारी दिए । कार्यालय समय सकिएकोले आइतबार जाहेरी दर्ता हुन सकेन ।

    सोमबार बिदा परेकोले मंगलबार कार्यालय खुल्नेबित्तिकै जाहेरी दर्ता हुने डीएसपी प्रह्लाद कार्कीले जानकारी दिए । अध्यक्ष बुढाले बजेट निर्माणदेखि पालिकामा भइरहेका कामकारबाही चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै उपाध्यक्ष भण्डारीले आफूमाथि हातपात गरेको बताए ।

    अध्यक्ष बुढाले मनपरी बजेट विनियोजन गरेको र आफ्नो अधिकार खोसेको भन्दै उपाध्यक्ष भण्डारीले आलोचना गर्दै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रहरी नियन्त्रणमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology