Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल एयरलाइन्सद्वारा ८३ करोड ९ लाख रुपैयाँ ऋण भुक्तानी

नेपाल एयरलाइन्सद्वारा ८३ करोड ९ लाख रुपैयाँ ऋण भुक्तानी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०८० सोमवार • १८:५६:१० बजे
  • 553
    SHARES
  • नेपाल एयरलाइन्सद्वारा ८३ करोड ९ लाख रुपैयाँ ऋण भुक्तानी

    नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ । एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको आषाढ महिनाको किस्ताबापतको सो रकम भुक्तानी गरेको हो ।

    images

    यस अघि निगमले २०७९ साल असारदेखि चैतसम्ममा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए । वर्तमान नेतृत्वले जिम्मेवारी सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको उनको भनाइ छ ।

    नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मत सम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको पौडेलले बताए । निगमले विभिन्न निकायहरूमा रहेका पुराना बक्यौता रकम तिरेको छ भने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आइरहेको छ ।

    यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्य योजना समेत तीव्र गतिमा अघि बढाइएको पौडेलले बताए ।

    नयाँ ३ वटा जहाज खरिद गरेपश्चात् नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरूलाई सेवा दिन सकिने निगमको भनाइ छ । साथसाथै पर्यटन प्रवर्द्धन हुने, भाडा दरमा सन्तुलन कायम हुने र समग्र सेवा नै प्रभावकारी हुने एयरलाइन्सको विश्वास छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology