Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुकुरको विवाहमा १३ हजार ३१० अमेरिकी डलर खर्च गरियो

कुकुरको विवाहमा १३ हजार ३१० अमेरिकी डलर खर्च गरियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०८० मंगलवार • १०:१०:११ बजे
  • 1.3K
    SHARES
  • कुकुरको विवाहमा १३ हजार ३१० अमेरिकी डलर खर्च गरियो

    इण्डोनेसियामा जोजो र लुना नामक दुई अलास्का मालामुट कुकुरको विवाह गराइएको छ ।

    images

    राजधानी जकार्तामा एक विशेष समारोहमा जोजो र लुना नामक कुकुरको विवाह गराइएको हो । दुलाहा र दुलही बनेका ती कुकुरलाई विशेष पोशाक लगाइएको थियो । ती परम्परागत पोशाक स्थानीय प्रख्यात डिजाइनरले बनाएका हुन् ।

    विवाह समारोहस्थल फूल र अन्य सजावटका सामाग्रीले झकिझकाउ पारिएको थियो । उक्त विवाह समारोहमा १३ हजार ३१० अमेरिकी डलर खर्च गरिएको थियो ।

    निम्तालु कुकुरप्रेमीहरु आफ्ना कुकुर लिएर निम्तो मान्न गएका थिए । इन्डानेसियामा कुकुरको विवाह भएको पहिलो घटना हो । अहिले ती कुकुरको विवाहको फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरह बनेको छ ।

  • सम्बन्धित विषय:

  • # कुकुरको विवाह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology