Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बिदेसिएका नेपालीलाई स्वदेश फर्काउँछौँ भन्ने राजनीतिक पार्टीको उदयपछि बिदेसिनेको सङ्ख्या झन् बढ्यो : शङ्कर पोखरेल

बिदेसिएका नेपालीलाई स्वदेश फर्काउँछौँ भन्ने राजनीतिक पार्टीको उदयपछि बिदेसिनेको सङ्ख्या झन् बढ्यो : शङ्कर पोखरेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०८० मंगलवार • १०:३०:२८ बजे
  • 457
    SHARES
  • बिदेसिएका नेपालीलाई स्वदेश फर्काउँछौँ भन्ने राजनीतिक पार्टीको उदयपछि बिदेसिनेको सङ्ख्या झन् बढ्यो : शङ्कर पोखरेल

    नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विदेश गएका नेपालीलाई स्वदेश फर्काउँछौ भन्ने राजनीतिक पार्टीको उदयपछि बिदेसिनेको सङ्ख्या बढेको बताएका छन् ।

    images

    उनले नेकपा(एमाले) सरकारमा आउँदा रोजगारीका लागि विदेश जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा(एमाले) हो भन्ने जनविश्वासलाई उजागर गरेको दाबी समेत गरेका छन् ।

    मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गर्दै भनेका छन्, ‘विदेशमा गएकाहरूलाई देश फर्काउँछौ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए । तर उनीहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि नै बिदेसिनेको सङ्ख्या झनै बढ्यो ।

    के यसको जिम्मेवारी नेकपा(एमाले)ले नै लिनुपर्ने हो र ?’ साथै उनले पुराना पार्टीका कारण बिदेसिनेको सङ्ख्या बढ्यो भनेर कुप्रचार भइरहेको समेत बताएका छन् । ‘तर तथ्यहीन रूपमा पुराना पार्टीका कारणले बिदेसिने बढे भनेर नेकपा(एमाले)लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो’, महासचिव पोखरेलले भनेका छन्,‘त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेन्डाका आधारमा ठिक र बेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।’

  • सम्बन्धित विषय:

  • # शङ्कर पोखरेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology