Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बालुवाटारमा भावुक हुँदै प्रचण्डले भने–सीताले मृत्यु पनि निकै शान्त रोजिन्

बालुवाटारमा भावुक हुँदै प्रचण्डले भने–सीताले मृत्यु पनि निकै शान्त रोजिन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०८० मंगलवार • १२:५०:४१ बजे
  • 472
    SHARES
  • बालुवाटारमा भावुक हुँदै प्रचण्डले भने–सीताले मृत्यु पनि निकै शान्त रोजिन्

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन् ।

    images

    मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीता विरामी भएपछि राज्यबाट कुनै सुविधा नलिईकनै उनलाई उपचारका लागि आफूहरू हरतरहबाट लागिपरेको बताए । साथै उनले अन्तिम अवस्थामा अस्पतालको आइसीयु वा भेन्टिलेटरमा उनको पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता लागे पनि बाच्दासम्म सीताले अरूलाई पीडा नदिएको बताए । ‘सीताले मृत्यु पनि निकै शान्त रोजिन् ।

    साढे सात बजे अस्पताल लगेकोमा लगभग ८ : ३० मा उनी बिदा भइन् ।’ सीताप्रति श्रद्धाञ्जली दिने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म उनले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको बताए ।

    ‘उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनाउभरले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझ ठुलो जिम्मेवारी बोध गराएको छ’, प्रचण्डले शोकको घडीमा समाजका सबै क्षेत्र, तह, तप्का र मित्रराष्ट्रसहित सबैजसो सरकार प्रमुखबाट प्राप्त सहानुभूतिप्रति आभार प्रकट गरे ।

    साथै उनले सबैतिरबाट पाएको साथले आफूलाई देश र जनताप्रति थप जिम्मेवार हुन प्रेरित गरेको महसुस भएको बताए । श्रद्धाञ्जली सभामा उपराष्ट्रपति, पूर्व उपराष्ट्रपति ,सभामुख, राष्ट्रिय सभा अध्यक्ष,पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, कूटनीतिज्ञहरूका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए । सीता दाहालको ६९ वर्षको उमेरमा गत असार २७ गते निधन भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology