Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रपति पाउने भएपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियौँ:उपप्रधानमन्त्री खड्का

राष्ट्रपति पाउने भएपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियौँ:उपप्रधानमन्त्री खड्का

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०८० मंगलवार • १८:५६:२५ बजे
  • 601
    SHARES
  • राष्ट्रपति पाउने भएपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियौँ:उपप्रधानमन्त्री खड्का

    नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएबापत कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरेका छन् ।

    images

    मंगलवारदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उपप्रधानमन्त्री खड्काले कांग्रेसले राष्ट्रपति पाउने शर्तमा प्रधानमन्त्री प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिइएको बताएका हुन् ।

    एमाले–माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डलाई प्रमुख प्रतिपक्ष दल कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।

    उपप्रधानमन्त्री खड्काले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कांग्रेसलाई दिने प्रतिबद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको स्पष्ट पारे । कांग्रेसले विश्वासको मत दिएसँगै आफूहरुबिचको गठबन्धन पुनः स्थापित हुने वातावरण बनेको र अहिले कांग्रेस सरकारमा पुगेको उल्लेख गरे ।

    उपप्रधानमन्त्री खड्काले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्नेखालको काम गर्नुपर्नेमा जोड दिए । उनले जनताको अपेक्षा पनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै आफूहरुले हालसम्म कुनै गल्ती र कमजोरी नगरेको बताए ।

    उपप्रधानमन्त्री खड्काले सरकारले गर्नुपर्ने कामको सम्बन्धमा केन्द्रीय समितिले ध्यानाकर्षण, सुझाव तथा निर्देशन दिने विश्वास पनि व्यक्त गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology