Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मिटरब्याजी पीडितद्वारा संसद भवन घेराउ, नयाँ विधेयकप्रति असन्तुष्ट

मिटरब्याजी पीडितद्वारा संसद भवन घेराउ, नयाँ विधेयकप्रति असन्तुष्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०८० मंगलवार • १८:५८:५७ बजे
  • 427
    SHARES
  • मिटरब्याजी पीडितद्वारा संसद भवन घेराउ, नयाँ विधेयकप्रति असन्तुष्ट

    मिटरव्याजी पीडितहरुले सरकारले ल्याएको मिटरव्याज सम्बन्धी नयाँ बिधेयकप्रति असन्तुष्ट जनाएका छन् ।

    images

    मिटर व्याज तथा ठगी विरुद्धको किसान-मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पती छानविन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ ।

    समितिले नयाँ कानूनले मिटरव्याज पीडितहरुको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी नै रहने स्पष्ट पारेको छ । संघर्ष समितिका प्रवक्ता निर्ग नविनले अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहुमहाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने रहेपनि अहिले साहुमहाजन एक पक्ष मात्रै गए पनि हुने बनाएको भन्दै असन्तुष्ट जनाए ।

    उनले साहुमहाजनसंग भएका कागजपत्रको छानविन हुनुपर्ने र अनुचित लेनदेन देखिए कारवाही हुनुपर्ने बताए । संघर्ष समितिले मंगलबार नै काठमाडौंमा प्रदर्शन सहित संसद भवन घेराउ गरेका छन् ।

    उनीहरुले नयाँ विधेयक मिटरव्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology