Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दातृ निकायहरुबाट २७ अर्बभन्दा बढी सहुलियत ऋण लिइने

दातृ निकायहरुबाट २७ अर्बभन्दा बढी सहुलियत ऋण लिइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०७७ मंगलवार • ०८:०१:४२ बजे
  • 1.6K
    SHARES
  • दातृ निकायहरुबाट २७ अर्बभन्दा बढी सहुलियत ऋण लिइने
    सरकारले विभिन्न दातृ निकायहरुबाट २७ अर्बभन्दा बढी सहुलियतपूर्ण ऋण लिने भएको छ । बजेटरी कार्यक्रम सपोर्टका लागि सरकारले विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) जस्ता ठूला दातृ निकायबाट उक्त ऋण लिन लागेको हो । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले २७ अर्ब ३८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिन लागेको गत बिहीबार जानकारी दिएका थिए ।
    उनका अनुसार त्यसका लागि सरकारले अध्ययन कार्यदल गठन गरेको छ । सरकारले विश्व बैंकबाट ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका लागि लागि ८० मिलियन डलर अर्थात् करिब ९ अर्ब ३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिन अर्थ मन्त्रालयका सहसचिवको अध्यक्षतामा ५ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।
    सरकारले गरिबी न्यूनीकरण तथा मुलुकमा रोजगारीका अवसर सिर्जना गरी समतामूलक तथा समावेशी आर्थिक विकास गर्ने उद्देश्यले २०१५ देखि यो कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमको कार्यान्वयन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्दै आएको छ भने नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र, स्वीस विकास नियोगको हेल्भटासजस्ता निकाय यस आयोजनाका साझेदारका रुपमा रहेका छन् । आयोजनामार्फत ग्रामीण लघु घरेलु तथा साना उद्यम तथा रोजगार प्रवद्र्धन, उद्योग वाणिज्य संघहरुको क्षमता विकासजस्ता क्षेत्रमा यो रकम खर्च गर्न सरकारले ऋण लिँदै छ ।
    त्यस्तै, एसियाली विकास बैंकबाट १५० मिलियन डलर अर्थात् करिब १८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणका लागि अर्थ मन्त्रालयका अधिकारीको अध्यक्षतामा ७ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय सरकारले गरेको छ । यो ऋण विशेषगरी नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयबाट कार्यान्वयनमा जानेछ । यो रकम साउथ एसिया सवभिजनल इकोनोमी को–अपरेसन एयरपोर्ट क्यापासिटी इन्ह्यासमेन्ट प्रोजेक्टका लागि सरकारले ल्याउन लागेको हो । (आर्थिक अभियान)

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology