Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मन्त्री श्रेष्ठद्वारा सिन्धुलीमा गढी प्रहरी चौकी उद्घाटन

मन्त्री श्रेष्ठद्वारा सिन्धुलीमा गढी प्रहरी चौकी उद्घाटन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०८० बिहिवार • १९:५३:०३ बजे
  • 580
    SHARES
  • मन्त्री श्रेष्ठद्वारा सिन्धुलीमा गढी प्रहरी चौकी उद्घाटन

    सिन्धुलीमा गढी प्रहरी चौकीको उद्घाटन गरिएको छ । गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कस्थित नवनिर्मित प्रहरी चौकी भवनको बागमती प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले आज एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको करसहित २ करोड ४९ लाख १३ हजार ३ सय ४३ रुपैयाँ लागतमा भूकम्प प्रतिरोधी सुविधा सम्पन्न प्रहरी चौकी भवन निर्माण सम्पन्न भएको हो ।

    images

    प्रहरी चौकी उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशको विभिन्न जिल्लाहरुमा ५ वटा प्रहरी भवन निर्माणअन्तर्रगत सिन्धुलीको फिक्कल गाउँपालिकाको खाङसाङमा प्रहरी चौकी भवन निर्माण प्रक्रिया अघि बढेको बताए । प्रहरी भवन निर्माणको लागि बागममी प्रदेश सकारकारले झण्डै १ अर्ब ११ करोड बराबर लगानी गरिसकेको बताउनुहुँदै मन्त्री श्रेष्ठले आर्थिक बर्ष २०८०÷८१ मा प्रदेश प्रहरी अस्पताल निर्माणको लागि प्रदेशको राजधानी हेटौँडामा ३ करोड बजेट बिनियोजन भएको बताए ।

    साथै क्रमागत रुपमा निर्माण भइरहेका २१ वटा प्रहरी चौकी भवन निर्माणको लागि आर्थिक बर्ष २०८०÷८१ मा ३० करोडभन्दा बढी बजेट बिनियोजन गरेको जानकारी दिए । बागतमी प्रदेशका बिभिन्न जिल्लाको प्रहरी भवनको निरीक्षण गर्दा प्रहरीहरु अहिले पनि जस्तापाताले बेरबार पारेकोे झुप्रोहरुमा बसिरहेको मन्त्री श्रेष्ठको भनाई छ ।

    देशमा आर्थिक संकटको कारण प्रहरी चौकी भवनको आवश्यकता महशुस भएपनि बजेट बिनियोजन गर्न नसकिएको मन्त्री श्रेष्ठको भनाई छ । वीपी राजमार्गको चियाबारी–खुर्कोट सडक खण्डमा दिनहुँ दुर्घटना हुने भएकाले उद्धारको लागि सतर्क रहन साथै मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उच्च सतर्क रहनसमेत मन्त्री श्रेष्ठले निर्देशन दिए । प्रहरीलाई प्रबिधिमैत्री बनाउँदै लैजान बागमती प्रदेश सकरार प्रतिबद्ध रहेको बताए ।

    प्रहरी समायोजन ऐन संसदले पारित गरिसकेर पनि प्रहरी समायोजन नेपाल सरकारले नगरेको भन्दै तुरुन्त प्रहरी समायोजन गर्न कानुन मन्त्री श्रेष्ठले नेपाल सरकारको ध्यानाकर्षण गराए । ऐतिहासिक सिन्धुलीगढीमा रहेको प्रहरी चौकी २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले कब्जा गरेपछि सो चौकी पछिल्लो समयमा खनियाखर्कमा स्थानान्तरण गरिएको थियो । तर चौकीको आफ्नो भौतिक संरचना थिएन ।

    हाल बागमती प्रदेश सरकारको लागतमा गढी प्रशरी चौकी भवन निर्माण भएको हो । यसबीच ऐतिहासिक सिन्धुलीगढीमा रहेको प्रहरी चौकी २०५२ साल फागुन १ गते कब्जा गर्दा कानुन मन्त्री गंगानारायण श्रेष्ठ एक कमाण्डर थिए । संयोगनै मान्नु पर्छः मन्त्री श्रेष्ठले २०५२ सालमा कब्जा गरेको सोही प्रहरी चौकी पुननिर्माण पश्चात आज उद्घाटन गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # प्रहरी चौकी उद्घाटन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology