१० वर्षकी घरेलु सहयोगीलाई कुटपिट गरेको भन्दै महिला र पाइलट र उनका श्रीमान्लाई भीडले रामधुलाइ गरेको छ । घटना भारतको हो । ३३ वर्षकी पूर्णिमा बाग्ची र उनका ३६ वर्षका श्रीमान्ले दिल्लीको द्वारकास्थित आफ्नो घरमा बालिकालाई घरेलु कामदारमा रूपमा राखेका थिए । ती बालिका पछिल्लो दुई महिनादेखि उक्त घरमा काम गरिरहेकी थिइन् ।
उनीमाथि कुटपिट हुने घरेको र शरीरभरी नीलडाम भएको भन्दै बालिकाको रिसाएका आफन्त यो जोडीको घरमा हुल बाँधेर गएका थिए । बुधवारको यो घटनामा समूहले ड्रेसमै भएकी पाइलटलाई अफिस जाने क्रममा तानेर कुटपिट गरेको थियो । पूर्णिमाले सुरुमा उक्त समूहलाई आफ्नो घरमा प्रवेश गर्नबाट रोकेकी थिइन् तर उनलाई कपाल समातेर भीडले आफूतिर तानेर लगे । यति बेला उनका श्रीमान् कौशिकले उनलाई जोगाउन खोजिरहेका थिए ।
त्यसपछि स्थानीयले यी दुबैमाथि बाटोमै धक्का मुक्का गर्न थाले । रोइरहेकी बालिकाको अनुहारमा नीलडाम थियो । आँखामा रगत जमेको थियो । पाखुरामा लुगामा लगाउने आइरनले पोलेको जस्तो दाग थियो । उनले टाढै बसेर सबै दृश्य हेरिरहेकी थिइन् । कौशिकलाई पुरुषले समूहले तान्यो । उनलाई जथाभाबी मुक्का हानियो ।
यस्तै महिलाको समूहले पूर्णिमाको कपाल तान्नसम्म ताने । त्यसपछि पूर्णिमाले रिसाएका स्थानीयसामु आफू र आफ्ना श्रीमान् लाई छोडिदिन अनुनय विन्ति गरिन् । आफूलाई भीडबाट छुटाएपछि कौशिक श्रीमती भए ठाउँ दौडिए र छुटाउन सफल भए । त्यसपछि यी दुई आफ्नो गेट भएको घरभित्र जान सफल भए ।
द्वारकाका प्रहरी अधिकारी हर्ष एम वरदानले भने, ‘बिहान ९ बजे एक बालिकालाई उनको रोजगारदाताले कुटपिट गरेको भनेर फोन आएको थियो ।’ ‘एउटा घरमा पछिल्लो दुई महिनादेखि ती बालिकालाई घरेलु कामदारको रूपमा राखिएको पाइयो । त्यो जोडीले उनीमाथि अत्यधिक कुटपिट गरिरहेका थिए ।
बालिकाको एक आफन्तले बुधवार यसबारे जानकारी पाइन् ।’ उनले जोडीलाई कुटपिट गर्ने भीडलाई पनि कारबाही गरिने बताए । दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालीवलले ‘निर्दयी’ जोडीको निन्दा गर्दै दिल्ली प्रहरीलाई कथित दुर्व्यवहारलाई सम्बोधन गर्न आग्रह गरेकी छिन् ।