Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सामान्य मजदुरी गर्ने भुजेल कसरी भए सय किलो सुनका मालिक ?

सामान्य मजदुरी गर्ने भुजेल कसरी भए सय किलो सुनका मालिक ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०८० शुक्रवार • १०:४३:१० बजे
  • 730
    SHARES
  • सामान्य मजदुरी गर्ने भुजेल कसरी भए सय किलो सुनका मालिक ?

    एक क्वीन्टल सुनका मालिक भनिएका दीलिप भुजेल एक साधारण मजदुर भएको खुलासा भएको छ । प्रहरीका अनुसार बुधबार राति पक्राउ परेका दीलिप नै अहिलेसम्मको अवस्थामा एक सय किलो सुनको मालिक देखिएका छन् । तर बाहिर देखिए जस्तो उनी कुनै धनाढ्य भने होइनन् ।

    images

    दोलखाको मेलुङ गाउँपालिका–१, पवटी घर भएका २१ वर्षीय दीलिप ले कक्षा १२ सम्मको अध्ययन गरेका छन् । परिवारमा खानैको लागि मजदुरी गर्नु पर्ने बाध्यतामा रहेका भुजेल परिवारको भविष्य खोज्दै काठमाडौं छिरेका थिए । केही समय अगाडिसम्म घर बनाउन इँटा बोक्ने लगायतको साधारण काम गर्ने उनी करिब २ महिना अगाडिबाट भने साँखुमा रहेको आफन्तको चाउमिन फ्याक्ट्रीमा काम गर्न थालेका थिए ।

    दीलिपका बुबा रामबहादुरका अनुसार उनले त्यहाँ चाउमिन तयार पार्ने र बजारमा लगी विक्री गर्ने काम गर्दै आएका थिए । दीलिपले दुई महिनाअघि मात्रै आफ्नो नाममा एक ‘रेडी ट्रेड प्रालि’ नामक कम्पनी खोलेका थिए । सोही कम्पनीको नाममा हङ्कङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर सामान मगाएको भेटिएको छ । तर, क्याथे प्यासेफिकको उडानमार्फत आएको उक्त सामान मोटरसाइकल र स्कुटरको ब्रके सुल नभएर ठुलो परिमाणको सुन भएको पाइएको थियो ।

    उक्त सुन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भइसकेर बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले बुधबार राति सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । उक्त कम्पनी दिलीपकै नाममा रहेका कारण प्रहरीले सय क्विन्टल सुनको मालिक भन्दै पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

    विभागले दिलिपसहित मेलुङ–३ का ५३ वर्षीय रामकुमार भुजेललाई पनि पक्राउ गरेको छ । रामकुमार दिलीपका मामा हुन् । दिलिपका बुबाका अनुसार काठमाडौंमा ट्याक्सी चलाउँदै आएका तीनै रामकुमारमार्फत सम्पर्कमा आएका एक व्यक्तिले दीलीपको नाममा कम्पनी दर्ता गराएका थिए ।

    कम्पनी खोलिदिएवापत तीन व्यक्तिले दिलीपलाई २० हजार रुपैयाँ समेत दिएको बताइएको छ । यसअघि पनि दीलीपकै नाममा दर्ता रहेको रेडी ट्रेड्स प्रालिले सुन जडित ब्रेक सु ल्याएको पाइएको छ ।

  • सम्बन्धित विषय:

  • # सय किलो सुनका मालिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology