Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गठबन्धन तोड्न अनेक षड्यन्त्र भइरहेको छ : नेपाल

गठबन्धन तोड्न अनेक षड्यन्त्र भइरहेको छ : नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०८० शनिवार • १८:५६:०१ बजे
  • 424
    SHARES
  • गठबन्धन तोड्न अनेक षड्यन्त्र भइरहेको छ : नेपाल

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको बताएका छन् ।

    images

    शनिबार काठमाडौंमा आयोजित ‘समाजवाद : बहस र संघर्ष’ विषयक कार्यक्रममा उनले नेपाली कांग्रेसलाई कम्युनिस्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्ता गठबन्धन फुटाउन सक्ने भएकाे बताए ।

    उनले नेकपा (एमाले)प्रति लक्षित गर्दै कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेको टिप्पणी गरे । त्यसलाई बुझेर सत्ता गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने उनको जोड थियो । जनतासँगको सम्बन्धलाई एकाकार गर्दै अघि बढ्नुपर्ने पनि अध्यक्ष नेपालको भनाई थियो ।

    ‘घुमीफिरी शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्दछ । त्यसकारण अघि मैले भनेँ- व्यवहार सोचेजस्तो हुँदैन । सिद्धान्त सोचेजस्तो हुँदैन । नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानुपर्दछ ।

    किन ? यहाँ कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन्,’ उनले भने, ‘यो सबै अवस्थाभित्र हामीले अहिलेको सन्दर्भमा राजनीतिक मित्रहरू र सँगसँगै उसमा रहेका राजनीतिक कमजोरीहरू, उसका आफ्नै सीमाहरू बुझेर उसमाथिको निर्भरता होइन, आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जुट्नुपर्ने भएको हुनाले त्यसलाई समेत ध्यानमा राखेर हामी अघि बढौँ ।’ व्यक्तिवाद हावी भएकै कारण तत्कालीन नेकपा विभाजित हुन पुगेको उनको भनाई थियो ।

    त्यसबाट सिकेर अघि बढ्नुपर्ने भन्दै उनले पुँजीवादले मुनाफा मात्र हेर्ने भएकाले जनताको हितका लागि समाजवादको विकल्प नभएको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology