Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुन तस्करीमा भन्सारमा खटिने कर्मचारी मुख्य दोषी हुन्छ : वामदेव

सुन तस्करीमा भन्सारमा खटिने कर्मचारी मुख्य दोषी हुन्छ : वामदेव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०८० शनिवार • १८:५९:२९ बजे
  • 568
    SHARES
  • सुन तस्करीमा भन्सारमा खटिने कर्मचारी मुख्य दोषी हुन्छ : वामदेव

    नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् ।

    images

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गौतमले सुन तस्करीमा सिधै राजनीतिक संलग्नता जोडिने भन्दा पनि भन्सारमा खटिने कर्मचारी नै मुख्य दोषी हुने बताए । आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको दाबी गर्दै उनले सो समयमा आफुलाई सरकारबाट कसरी हटाउने भन्नेबारे आवाज उठाइएको दावी गरे ।

    गौतमले आफु गृहमन्त्री भएका बेला शान्ति सुरक्षा थप बलियो भएको र आफुले गरेका कामलाई सबैले प्रसंसा गरेको दावी गरे । सुन तस्करीको सवालमा अहिले यो सुन कुन देशबाट आयो भन्ने पनि महत्वपूर्ण विषय भएको उनको भनाइ छ । उनले सुन तस्करहरुले कस्तो जालो फैलाएका रहेछन भन्ने स्पष्ट भएको बताए ।

    फरक प्रसंगमा उनले समाजवादी मोर्चाको औचित्य पुष्टि हुन नसकेको बताए । उनले आफुलाई मोर्चामा सहभागी गराएको भए समाजवादको औचित्य पुष्टि गर्ने भएपनि आफुलाई नबोलाएको जिकिर गरे ।

  • सम्बन्धित विषय:

  • # वामदेव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology