Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समाजवादी मोर्चा बलियो कम्युनिस्ट पार्टी बनाउने प्रयास हो : पम्फा भुसाल

समाजवादी मोर्चा बलियो कम्युनिस्ट पार्टी बनाउने प्रयास हो : पम्फा भुसाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०८० शनिवार • १९:०४:१८ बजे
  • 541
    SHARES
  • समाजवादी मोर्चा बलियो कम्युनिस्ट पार्टी बनाउने प्रयास हो : पम्फा भुसाल

    नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले मुलुकमा बलियो कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताएकी छन् ।

    images

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एकीकृत हुनुपर्ने बेलामा कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको पनि बताइन् ।

    ‘अहिले एउटा बलियो कम्युनिष्ट पार्टी चाहिएको छ । तर बिडम्वना हाम्रो कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा छ । त्यसलाई एकीकृत, केन्द्रिकृत गर्ने प्रयास भएका थिए, एउटै नेकपा पनि बनायौँ हामीले जनताको जनमत पनि इतिहास कायम गर्नेगरी प्राप्त गरेका थियौँ । तर एकता कामय भइरहन सकेनौँ’ उनले भनिन् ।

    बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने भन्दै उनले समाजवादी मोर्चा त्यसकै प्रयास भएको धारणा राखिन् । ‘हामीले समाजावादी मोर्चा बनाएका छौं ।

    मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पु¥याउने हो । अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिष्ट पार्टीका छातामा रहेकाहरुलाई पनि एउटैमा ल्याउने हाम्रो प्रयास हो’ उपाध्यक्ष भुसालले भनिन् ।

  • सम्बन्धित विषय:

  • # पम्फा भुसाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology