Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०८० शनिवार • १९:१२:०९ बजे
  • 403
    SHARES
  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

    कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा खड्काले सम्हाल्ने गरी जिम्मेवारी तोकेका हुन् ।

    images

    प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीको रोममा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि सो भ्रमणमा रहने छिन् ।

    प्रचण्डले इटालीमा हुने सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिक रूपमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # जिम्मेवारी खड्कालाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology