Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकी नौसैनिकको नेतृत्वमा पहिलो पटक महिला

अमेरिकी नौसैनिकको नेतृत्वमा पहिलो पटक महिला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०८० आइतवार • १०:१९:०५ बजे
  • 436
    SHARES
  • अमेरिकी नौसैनिकको नेतृत्वमा पहिलो पटक महिला

    अमेरिकाको नौसैनिकको नेतृत्वमा पहिलो पटक महिला अधिकारी नियुक्त भएका छन् ।

    images

    राष्ट्रपति जो बाइडेनले अमेरिकी नौसैनिकको प्रमुखमा ३८ वर्षीया लिसा फ्रान्चेट्टीलाई नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयले उनको नियुक्तिबारे विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

    यद्यपि, उनको नियुक्तिलाई अमेरिकी संसद्ले स्वीकृति दिन बाँकी छ । लिसा दक्षिण कोरियास्थित अमेरिकी नौसैनिक बलको पूर्वप्रमुख पनि हुन् । उनले एयरक्राफ्ट कमान्डरका रूपमा पनि काम गरेका थिए ।

    लिसाको नियुक्ति स्वीकृत भएमा वरिष्ठ सैन्य अधिकारीको समूहमा प्रवेश गर्ने उनी पहिलो महिला अधिकारी पनि हुनेछन् । उनी चारतारे एडमिरल दर्जा हासिल गर्ने दोस्रो महिला अधिकारी हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology