Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आजदेखि पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ बन्द

आजदेखि पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०८० आइतवार • १०:२४:५५ बजे
  • 490
    SHARES
  • आजदेखि पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ बन्द

    आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल (चाइनापुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको जानकारी दिएको हो ।

    images

    महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने निर्णय गरेको जानकारी दिए ।

    बसपार्क राजमार्गसँगै जोडिएकाले सडक छेउमै साना, ठूला सवारी साधन पार्किङ गर्दा समस्या भएको महानगरको भनाइ छ । ‘क्युमा बस्ने लामो दूरीका बसमात्रै बाहिर राखिन्छ ।

    बाँकी सबैलाई सडकमा पार्किङ नगर्न सूचना जारी गरेका छौं’, तिमिल्सिनाले भने । पोखरा बसपार्क बनाउन २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । यही बसपार्कको जग्गाकै बीच भागमा पृथ्वी राजमार्ग पर्ने भएकाले बसपार्कका लागि १८७ रोपनी छुट्याइएको थियो । तर, अधिग्रहण गरिएको लामो समयसम्म काम नहुँदा अहिले अतिक्रमण हुँदै बसपार्ककको जग्गा ४० रोपनीमा खुम्चिएको छ ।

    बसपार्कको जग्गामा अनधिकृत बसोबास बढ्दा अधिकांश सवारी साधन बसपार्क बाहिर पृथ्वीराजमार्गकै किनारामा पार्किङ गर्ने गरिएको छ ।

    महानगरका अनुसार अहिले बसपार्कभित्र एकैचोटि १ सय १५ वटाभन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्छ । बसपार्क क्षेत्रमा सडक पार्किङ बन्द गर्न आज बिहानैदेखि महानगर प्रतिनिधि, ट्राफिक प्रहरी लगायत खटिएका छन् ।

  • सम्बन्धित विषय:

  • # सडकमा पार्किङ बन्द
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology