Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०८० आइतवार • १३:०८:४७ बजे
  • 520
    SHARES
  • सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घट्यो

    साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ।

    images

    आइतबार सुनको भाउ तोला प्रतितोला ५ सय रुपैयाँले घटेको हो । योसँगै छापावाल प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको भाउ १ लाख ११ हजार ७५० रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    गत शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।

    आइतबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

  • सम्बन्धित विषय:

  • # ५ सय रुपैयाँले घट्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology