Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियान नेतृत्वको टोली काठमाडौंमा

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियान नेतृत्वको टोली काठमाडौंमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०८० आइतवार • १३:१०:३९ बजे
  • 709
    SHARES
  • चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियान नेतृत्वको टोली  काठमाडौंमा

    चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियान नेतृत्वको टोली आज काठमाडौं आइपुगेको छ ।

    images

    केहि बेरअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको जियान नेतृत्वको २५ सदस्यीय टोलीले ९ साउनसम्म उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने छ । टोलीले कार्यबाहक प्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछ ।

    निकट भविष्यमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी भइरहँदा चिनियाँ नेताहरू काठमाडौं आएका हुन् । सीपीसीका नेताहरू निरन्तर काठमाडौं–बेइजिङ आवतजावत गरिरहेका छन् ।

    राजनीतिक संवाद बाक्लो बनाउने नीतिमा देखिएको सीपीसी काठमाडौंमा प्रमुख दलका नेताहरूसँग निरन्तर संवादमा देखिन्छ ।

    गत जेठमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा निस्कँदै गर्दा माओवादी नेताहरूको एउटा टोली बेइजिङ थियो । उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा केही पदाधिकारीसहित ठूलो टोली बेइजिङ गएको थियो ।

    यसैबीच चिनियाँ नेताहरूको टोली काठमाडौं आउन लागेकै दिन माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोलीले भारत भ्रमण गर्दै छ ।

    भारतीय जनता पार्टीको निम्तामा उनीहरू आज बेलुकी ५ बजे भारत जान लागेका हुन् । भाजपा अध्यक्ष जेपी नाड्डाले भाजपा चिनौँ अभियानअन्तर्गत उनीहरूलाई बोलाएका हुन् ।

  • सम्बन्धित विषय:

  • # टोली काठमाडौंमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology