Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लघुवित्त पीडितद्वारा सिंहदरबार घेराउ

लघुवित्त पीडितद्वारा सिंहदरबार घेराउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०८० आइतवार • १७:३९:०७ बजे
  • 463
    SHARES
  • लघुवित्त पीडितद्वारा सिंहदरबार घेराउ

    लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले आज पनि विभिन्न माग राख्दै प्रदर्शन गरेको छ ।

    images

    शनिबार नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न माग गर्दै लघुवित्त पीडितहरुले राष्ट्र बैंकको केन्द्रीय कार्यलय घेराउ गरेका थिए । यस्तै, आज उनीहरुले विभिन्न माग राख्दै जुलुससहित सिंहदरबार घेराउ गरेका हुन् ।

    आज पनि उनीहरूले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

    माइतीघर मण्डलाबाट जुलुससहित थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकाली पुगी कोणसभा गरेका थिए । लघुवित्त पीडितहरुले केही समययता लघुवित्तिय संस्थाहरुविरुद्ध प्रदर्शन आएका छन् ।

  • सम्बन्धित विषय:

  • # सिंहदरबार घेराउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology