Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेर्रेसबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेर्रेसबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०८० सोमवार • १८:२६:१४ बजे
  • 424
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेर्रेसबीच भेटवार्ता

    इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेटवार्ता भएको छ ।

    images

    इटालीको राजधानी रोममा आज (सोमबार) आयोजित संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनलाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेर्रेससँग भेटवार्ता गरेका हुन् ।

    प्रधानमन्त्री प्रचण्ड इटालीमा रहँदा खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडीआईएफ) कार्यक्रमका अध्यक्षले पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ, इटाली सरकार र संयुक्त राष्ट्रसंघको रोममा रहेको खाद्य तथा कृषि संगठनले आयोजना गर्ने खाद्य प्रणालीसम्बन्धी कार्यक्रममा सहभागी हुन शनिबार त्यसतर्फ गएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology