Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भाजपा अध्यक्ष नाड्डासँग माओवादी नेताहरुको भेट

भाजपा अध्यक्ष नाड्डासँग माओवादी नेताहरुको भेट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०८० मंगलवार • १०:१६:०६ बजे
  • 463
    SHARES
  • भाजपा अध्यक्ष नाड्डासँग माओवादी नेताहरुको भेट

    भारत भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रको प्रतिनिधिमण्डलले भाजपाका अध्यक्ष जगतप्रकाश (जेपी) नाड्डासँग भेटवार्ता गरेको छ ।

    images

    भाजपाको औपचारिक निमन्त्रणामा माओवादी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल आइतबार भारत पुगेको थियो । नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमा भएको भेटवार्तामा दुई पार्टीबीचको अनुभव आदानप्रदान एवं दुई देशबीच रहीआएको सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

    भेटवार्ताबारे जानकारी दिँदै उपाध्यक्ष भुसालले दुई पार्टीबीचको सम्बन्ध विस्तार एवं दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल भएको बताए ।

    त्यसैगरी भेटवार्ताका क्रममा दुई पार्टीका नेताहरुबीच गहिरो अन्तरक्रिया भएको भाजपाका उपाध्यक्ष विजयान्त पाण्डाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। प्रतिनिधिमण्डलले भाजपाको महिला मोर्चा, युवा मोर्चालगायत जनवर्गीय सङ्गठनसँग पनि अन्तरक्रिया गरेको थियो ।

    सो क्रममा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडीए सरकारले विगत नौ वर्षमा सफल रुपमा कार्यान्वयन गरेको नीति तथा योजनाबारेमा छलफल भएका थियो ।

  • सम्बन्धित विषय:

  • # माओवादी नेताहरुको भेट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology