Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओली र चिनियाँ टोलीबीच भेटवार्ता

ओली र चिनियाँ टोलीबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०८० मंगलवार • १२:३१:५७ बजे
  • 478
    SHARES
  • ओली र चिनियाँ टोलीबीच भेटवार्ता

    नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन च्याचिनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

    images

    चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटव्युरो सदस्य युआनले आज बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ओलीसँग भेटवार्ता गरेका हुन् ।

    भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको स्रोतले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन तीन दिने भ्रमणका लागि साउन ७ गते काठमाडौं आएका थिए ।

    उनले इटलीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल सम्वाद गरेका थिए । भ्रमणको क्रममा युआनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कालगायतसँग भेटवार्ता गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # ओली र चिनियाँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology