Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओलीको भाषण सुनेर एमालेकै कार्यकर्ता अचम्मित ......

ओलीको भाषण सुनेर एमालेकै कार्यकर्ता अचम्मित ......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०८० मंगलवार • १६:३२:०८ बजे
  • 706
    SHARES
  • ओलीको भाषण सुनेर एमालेकै कार्यकर्ता अचम्मित ......

     

    images

    पत्रिकाको समाचारसँग यसरी फोटो जोडेर भाइरल गरिएको थियो, तर ओलीले वास्तविकता नबुझी पत्रिकालाई गाली गरे।

    कम्बोडियाको भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष केपी ओली मंगलबार बिहान विमानस्थलमा जंगिए । उनको आक्रोश गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा नयाँ पत्रिका दैनिकमाथि थियो । पछिल्लो सुन तस्करी प्रकरणमा आफुलाई जोड्न खोजेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।

    दुई पटक प्रधानमन्त्री भइसकेका ओलीका जत्तिका नेतासमेत कसरी सामाजिक सञ्जालका गलत सूचनाबाट प्रभावित बनी वास्तविकता नबुझी बोल्दा रहेछन् भन्ने यो घटनाले प्रष्ट भयो । गृहमन्त्रीमाथि आक्रोश व्यक्त गर्नुको कारण गत शुक्रबार विमानस्थलमा अनुगमनपछि पत्रकारसँग बोल्दै उनले तीन ‘ब’ ले सुन तस्करीको अनुसन्धान प्रभावित गर्न नसक्ने बताएका थिए । बालुवाटार, बुढानिलकण्ठ तथा बालकोटकै मान्छे जोडिए पनि तस्करीमा संलग्न कोही नजोगिने गृहमन्त्रीको भनाई थियो । जतिसुकै पावरफुल व्यक्ति भएपनि नबचाइने उनको भनाईको आशय थियो । पत्रकारहरुले तस्करीमा संलग्नहरुको उच्च राजनीतिक नेतृत्वसँग सम्बन्ध रहेको विषयमा प्रश्न गर्दा उनले त्यसो बताएका थिए ।

    आफुलाई सो प्रकरणमा गृहमन्त्रीले जबरजस्ती मुछन् खोजेको भन्दै ओलीले मंगलबार आक्रोश मात्र व्यक्त गरेनन् उल्टो सुन तस्करीमा गृहमन्त्री नै संलग्न हुनसक्छन् भनेर आरोप समेत लगाएदिए । दोस्रो आक्रोश उनको नयाँ पत्रिका दैनिकमाथि थियो । सुन तस्करीमा संलग्न भनिएका व्यवसायी दीपक मल्होत्राले आफुसँग खिचेको फोटो छापेको भन्दै उनले पत्रिको चर्काे आलोचना गरे । तर, सो पत्रिकाले यो प्रकरणमा मल्होत्रा र ओलीको फोटो छापेको छैन ।

    तस्करीमा मल्होत्राको संलग्ना देखिएको भन्दै उनको मात्र फोटो छापेको छ । पत्रिको त्यही समाचारमा ओली र मल्होत्रा सँगै भएको अर्काे फोटो राखेर सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । मल्होत्रा ओली निकट व्यक्ति भएको देखाउन अन्य दलका कार्यकर्ताले सामाजिक सञ्जालमा त्यस्तो भाइरल बनाएका थिए । ओलीलाई लागेछ–नयाँ पत्रिकाले नै यसरी मल्होत्रासँग मेरो फोटो छापेर सुन तस्करीमा मलाई मुछेको हो ।

    यो प्रकरण ओली सो पत्रिकाको आलोचना गर्दै पत्रिका गृहमन्त्रीको भएको समेत बताए । हुँदै नभएको कुरामा यस्तो गम्भीर आरोप लगाएपछि एमालेकै कार्यकर्ता समेत ओलीको भाषण सुनेर अचम्मित भएका छन् । यो प्रकरणले कुनै विषयमा ओली कति हचुवा र अल्पज्ञानका भरमा बोल्छन् भन्ने प्रष्ट भएको छ ।

    मंगलबारको भाषण सुन्दा गृहमन्त्रीविरुद्ध कार्यकर्तालाई उनले नै सडकमा पठाएको प्रष्ट हुन्छ । पछिल्लो समय लोकप्रिय काम गरिरहेका गृहमन्त्रीविरुद्ध आन्दोलन गर्दा उल्टो एमालेको आलोचना भएको थियो । यसले ओलीको टिम समेत कति कमजोर छ भन्ने उजागर हुन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology